सुनसरीमा अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।
धरान उपमहानगरपालिका–१४ बिजयपुर चोकस्थित सडकमा को. १ ह ६०१९ नम्बरको अटो र को.३७ प ७९८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाइ दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय सन्दीप मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो।
अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
114
Shares

प्रतिक्रिया