समाज


शिक्षा विधेयक सच्याउन माग गर्दै कांग्रेस कार्यालयमा महासंघको धर्ना

शिक्षा विधेयक सच्याउन माग गर्दै कांग्रेस कार्यालयमा महासंघको धर्ना

नेपालखबर
भदौ ११, २०८२ बुधबार १२:५८, काठमाडौँ

प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा सानेपा धर्ना दिएको छ।

महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत बुधबार कांग्रेस पार्टी कार्यालयमा धर्ना दिएको हो। 

संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासंघका माग सम्बोधन गर्न दबाब दिनको लागि आफूहरु आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। 

महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्ने भएको छ। ‘९ गतेदेखि ध्यानाकर्षण बुझाउन थालेका हौं, आजदेखि धर्ना कार्यक्रम सुरु भएको छ,’ सुवेदीले भने, ‘यो विदाको दिनबाहेक २० गतेसम्म जारी रहन्छ। देशभरका गाउँपालिका तथा नगरपालिकामा यही भदौ १३ गते धर्ना हुँदैछ। १५ गते जिल्लाको समन्व इकाईमा धर्ना दिने कार्यक्रम छ। २० गतेसम्म हामी आन्दोलन र राजनीतिक दलहरुसँग छलफल गर्छौं।’

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट विगतमा भएको सहमतिअनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ। महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिष्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको छ। तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्थासहित समितिले प्रतिनिधि सभामा पठाएको छ। 

विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको भन्दै महासंघ आन्दोलित भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad