कैलालीमा खोलामा नुहाउन गएका ४ जना किशोरको मृत्यु भएको छ। यहाँस्थित गोदावरी नगरपालिका-९ को खुटिया खोलामा नुहाउन गएका ४ किशोरको डुबेर ज्यान गएको हो।
खोलामा ७ जना गएको भए पनि ३ जना भने पौडिएर निस्किएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा १७ वर्षका सक्षम जोशी, १५ वर्षका जेब भण्डारी, १७ वर्षका जाबेज भण्डारी, १७ वर्षका प्रतिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले नेपालखबरलाई जानकारी दिए।
45
Shares

प्रतिक्रिया