समाज


दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
भदौ १५, २०८२ आइतबार १२:१९, बागमती

मकवानपुरको थाहा नगरपालिका-१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा माटेरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र ६६प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना ७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। 

दुर्घटनामा परी गम्भीर घाइते गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad