वर्षापछिको बाढी र पहिरोको कारण आज देशका १६ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। राजमार्ग बन्दा हुँदा यात्रुले सास्ती पाएका छन्।
आज काठमाडौँको धार्के सडक, संखुवासभाको भोटखोलास्थित कोसी राजमार्ग, रसुवाको नेपाल-चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, नुवाकोटको पासाङ ल्यामु सडक, म्याग्दीको बेनी-दरवाङ सडक बाढीपहिरोको कारण पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरि लमजुङको बेंसीसहर-मनाङ सडक, रोल्पाको घोराही-थवाङ सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको जाजरकोट सडकखण्ड, जजारकोटकै मध्यपहाडी राजमार्ग, जाजरकोटकै जाजरकोट-खलंगा -रिम्ना सडक, रुकुम पश्चिमको जाजरकोट डोल्पा-भेरि करिडोर सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, नवलपरासीपूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्गमा एकतर्फी गाडी चलेका प्रहरीले जनाएको छ।
अवरुद्ध राजमार्गको पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास जारी रहेको पनि प्रहरीको भनाई छ।
हेर्नुहोस् अवरुद्ध रहेका र एकतर्फी गाडी गुडिरहेका सडक


Shares

प्रतिक्रिया