काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
मंगलबार बिहान साढे १० बजे मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका- १ कुडुलेमा ना.१ ज ५०७४ नम्बरको टाटासुमो गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका-७ का ४७ वर्षीय ज्ञानबहादुर खड्का, पाल्पाको रामपुर नगरपालिका- ३ घर भएका ३२ वर्षीय सचिन मल्ल, ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ की २५ वर्षीया करिश्मा बस्नेत र निरुता बस्नेत घाइते भएका छन्।
घाइतेलाई सिन्धुलीकै ग्वालटारस्थित भुवनेश्वरी स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौँ ल्याइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेको सुमोमा ६ जना सवार थिए। दुर्घटनामा परेको सुमोका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया