समाज


श्रेष्ठको घरबाट बरामद रकम ४ करोड बढी, सुनका गहना झण्डै १० किलो

श्रेष्ठको घरबाट बरामद रकम ४ करोड बढी, सुनका गहना झण्डै १० किलो

नेपालखबर
भदौ १८, २०८२ बुधबार १२:४९, काठमाडौँ

काठमाडौँको गोङ्गबुबाट बरामद भएको रकम ४ करोड बढी रहेको पुष्टि भएको छ। प्रहरीले मंगलबार रातिसम्म गरेको गणनामा ४ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

गोरखाको गोरखा नगरपालिका-६ बसपार्क स्थाई घर भएका ७६ वर्षीय विनोदकुमार श्रेष्ठको गंगबुस्थित घरमा नगद र सुन रहेको जानकारी पछि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ जिल्ला प्हरी परिसरको संयुक्त टोलीले छापा मारेको थियो। 

काठमाडौँ महानगरपालिका-२६ गोङ्गबुस्थित श्रेष्ठको घरमा अवैध रुपमा लुकाएर राखिएको नगद र सुन प्रहरीले बरामद गरेको थियो। श्रेष्ठको घरबाट ९ किलो ३९ ग्राम सुनका गहना बरामद भएको थियो। यस्तै ३ किलो २१ ग्राम चाँदीका गहना पनि प्रहरीले बरामद गरेको छ।

यी गहना धितोमा राखेर उनले मिटरब्याजमा रकम दिएको खुलेको छ। उनले आफ्नो घरको बैठक कोठामा यो नगद र गहना लुकाएर राखेका थिए। 

श्रेष्ठलाई पन प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ। उनलाई थप अनुसन्धानका लागि आज बुधबार अदालतमा उपस्थित गराएर म्याद लिने प्रहरीको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad