समाज


पार्किङमा राखिएको स्कुटरको डिक्की फुटाई चोरी गर्ने २ जना पक्राउ

पार्किङमा राखिएको स्कुटरको डिक्की फुटाई चोरी गर्ने २ जना पक्राउ

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १५:३५, काठमाडौँ

पार्किङमा राखिएको स्कुटरको डिक्की फुटाई चोरी गर्ने २ जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ १५ गते दिउँसो करिब १२ बजे काठमाडौँ महानगरपालिका-३० डिल्लीबजारस्थित कारागार कार्यालयको कम्पाउन्डमा पार्किङ गरिएको बा.७६ प ७२५२ नम्बरको स्कुटरको डिक्की फुटाएर चोरी गर्ने कार्यमा संलग्न रहेका २ जनालाई चोरीका सामानसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-८ घर भई काठमाडौँको महाराजगञ्ज बस्ने ३४ वर्षीय सबिनकुमार श्रेष्ठ र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौँ असन बस्ने ३१ वर्षीय पाल्साङ दोर्जे रहेका छन्।

पक्राउ परेकासँग प्रहरीले १२ हजार रुपैयाँ र कालो रंगको पर्ससहित विभिन्न एटीएम कार्ड, सवारी चालक अनुमति पत्र, विभिन्न कम्पनीका २ थान मोबाइल फोनलगायतका सामान बरामद गरेको जनाएको छ।

उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad