समाज


सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकार सडकमा (तस्बिरहरू)

सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकार सडकमा (तस्बिरहरू)

नेपालखबर
भदौ २२, २०८२ आइतबार १६:४१, काठमाडौँ

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराएको विरोधमा पत्रकार महासंघका पूर्वपदाधिकारी विरोधमा उत्रिएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेको विरोधमा आइतबार काठमाडौँको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन्।

सामाजिक सञ्जालमा नियन्त्रण लाद्न खोज्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै निर्णय फिर्ता लिन उनीहरुको माग छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई भदौ १८ देखि निष्क्रिय पार्ने निर्णय गरेको थियो।

सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको परमादेशका आधारमा सामाजिक सञ्जाल निष्क्रिय बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad