सामाजिक सञ्जाल बन्दसहितका बेथितिका विरुद्धमा पोखरामा पनि आज जेनले प्रदर्शन गरिरहेको छ।
पोखरा सभागृह अगाडि प्रदर्शनमा उत्रिएका युवा भ्रष्टाचारविरुद्ध नाराबाजी गरिरहेका छन्।
‘सामाजिक सञ्जाल बन्द गर्ने हैन, भ्रष्टाचार रोक’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीहरूले केही उत्तेजित नारा पनि लगाएका छन्।
युवाहरू होहल्लाका बीचमा ‘भ्रष्ट नेता होसियार’ भन्ने नारा चर्को सुनिएको छ।
बिहान १० बजेदेखि सिमसिमे झरीको पर्वाह नगरि प्रदर्शनमा उत्रनेमध्ये अधिकांश स्कुल र कलेजका विद्यर्थी छन्। प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ताहरू पनि मिसिएका छन्।
रास्वपा र राप्रपाका नेतामध्ये केही चाहिँ प्रदर्शनको भिडियो बनाउनेदेखि उनीहरूलाई सघाउनेसम्मको भूमिकामा देखिएका छन्।












51
Shares

प्रतिक्रिया