समाज


काठमाडौँमा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’बाट निगरानी

काठमाडौँमा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’बाट निगरानी

नेपालखबर
भदौ २३, २०८२ सोमबार १२:१४, काठमाडौँ

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। ‘जेनजी’को प्रदर्शनका बीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए।

उनले अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको बताए। ‘यसले एउटा ‘रेकर्डेट’ पनि हुन्छ र कुनै घटना भइहालेमा पनि त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिन्छ भनेर ड्रोनबाट निगरानी गरिरहेका छौँ, अन्य सबै क्षेत्रमा आवश्यताका आधारमा सुरक्षा टोली परिचालन भएको छ’, प्रजिअ रिजालले भने।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले तीनै जिल्लामा आवश्यकताका आधारमा उचित सुरक्षा प्रबन्ध गरिएकाे बताए।

प्रवक्ता खनालले ‍भने, ‘हामीले सुरक्षा योजना बनाएर नै परिचालन गरेका छौँ, सबै लाग्ने डिउटी खटाइसकेका छौँ, कमान्ड पोष्ट परिचालन भइसकेको छ।’ सामाजिक सञ्जालमा लगाइएको रोकलगायत विरुद्ध भन्दै जेनजी पुस्ताले आज उपत्यकामा प्रदर्शन गर्ने कार्यक्रम रहेको भनेर प्रचार भएपछि उपत्यकामा सुरक्षा निगरानी बढाइएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad