समाज


विराटनगरमा पनि जेनजीको प्रदर्शन

विराटनगरमा पनि जेनजीको प्रदर्शन

नेपालखबर
भदौ २३, २०८२ सोमबार १४:१७, विराटनगर

भ्रष्टाचार र बेथितिविरुद्ध विराटनगरमा पनि जेनजीहरूले प्रदर्शन गरेका छन्। 

विराटनगरको सन्सारीमाई मन्दिरबाट निस्किएको प्रदर्शन विराटनगरको रोडशेष चोकमा पुगेको थियो।

सन्सारीमाई मन्दिर नजिकैबाट निस्किएको र्‍याली महेन्द्र चोक, बसपार्क हुँदै मुख्यमन्त्री कार्यालय अगाडि बढेपछि प्रहरीले रोडशेष चोकमा नै रोकेको थियो। 

प्रदर्शनमा पाका उमेरका व्यक्तिहरूको समेत उपस्थिति देखिन्थ्यो। प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नारा लगाएका थिए। 

प्रदर्शनमा स्कुले विद्यार्थीहरू प्लेकार्ड, झन्डासहित सडकमा निस्किएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad