भारतमा आइतबार एकै दिन १२ सय ५० जना कोरोना संक्रमित थपिएका छन्।
वर्ल्डओमिटरका अनुसार भारतमा सोमबार बिहान ६ बजेसम्म संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ।
भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय ५९ जनाको मृत्यु भइसकेको छ। गएको २४ घन्टामा भारतमा ३८ जनाले ज्यान गुमाएका छन्।
भारतमा संक्रमित भएकामध्ये अहिलेसम्म २८ सय ५४ जना उपचारपछि ठिक भएका छन्।
कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा लकडाउन जारी छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।

प्रतिक्रिया