कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ६५ हजार नाघेको छ।
गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ४९ सय ५७ जनाको मृत्यु भएको छ।
वर्ल्डओमिटरका अनुसार आइतबार कोरोनाका ७५ हजार ६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन्। यो सोमबार बिहान ६ बजेसम्मको तथ्यांक हो।
अहिलेसम्म विश्वभर कोरोनाबाट १ लाख ६५ हजार ४ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या २४ लाख ६ हजार २ सय ४० पुगेको छ।
संक्रमितमध्ये अहिलेसम्म ६ लाख २४ हजार ९ सय १४ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
गएको २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १५ सय ३४ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ४० हजार ५ सय ४८ पुगेको छ। संक्रमितको संख्या ७ लाख ४६ हजार नाघेको छ।
त्यसैगरी गएको चौविस घन्टामा युकेमा ५९६, इटालीमा ४३३, स्पेनमा ४१०, फ्रान्समा ३९५, बेल्जियममा २३० जर्मनीमा १०४, टर्कीमा १२७, क्यानाडामा ११७, ब्राजिलमा १०१, मेक्सिकोमा १०४ जनाको मृत्यु भएको छ।
Shares

प्रतिक्रिया