समाज


सिभिल र ट्रमा सेन्टरमा घाइते थेगिनसक्नु भएपछि शिक्षण अस्पताल रिफर

सिभिल र ट्रमा सेन्टरमा घाइते थेगिनसक्नु भएपछि शिक्षण अस्पताल रिफर

नेपालखबर
भदौ २३, २०८२ सोमबार १६:१४, काठमाडौँ

त्रिवि शिक्षण अस्पतालले सिभिल र ट्रमा अस्पतालमा भर्ना भएका घाइतेहरूलाई उपचारमा लागि ल्याउन थालेको जनाएको छ। 

सिभिल र ट्रमा सेन्टरमा घाइते बिरामीको उपचार गर्न समस्या भएपछि शिक्षण अस्पताल ल्याउन थालेको अस्पतालले जनाएको छ।

प्रवक्ता डा. गोपाल सेढाईंले उपचारमा लागि जनशक्ति तयारी अवस्थामा राखेको जनाएका छन्। 

सिभिल र ट्रमा सेन्टरमा घाइतेहरूको संख्या बढी भएर उपचार गर्न समस्या भइरहेकाले उपचारका लागि शिक्षण अस्पताल ल्याउन थालेको डा सेढाईंले बताए।

सिभिल अस्पतालले थेग्न नसकेपछि अन्य अस्पतालमा बिरामीलाई रिफर गर्न थालेको छ। 

घाइते आन्दोलनकारीहरूको हाल वीर, ट्रमा, पाटन, एभरेष्ट, त्रिवि शिक्षण, केमसी अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad