समाज


घाइतेलाई एम्बुलेन्समा हाल्दा पनि प्रहरीको गोली प्रहार

घाइतेलाई एम्बुलेन्समा हाल्दा पनि प्रहरीको गोली प्रहार

नेपालखबर
भदौ २३, २०८२ सोमबार १९:१५, काठमाडौँ

जेनजीको प्रदर्शनमा घाइते भएका विरामीलाई एम्बुलेन्समा हाल्दा पनि प्रहरीले गोली प्रहार गरेको खुलेको छ। 

सोमबार बानेश्वर क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक भएपछि धेरै प्रदर्शनकारी घाइते भएका थिए। 

प्रदर्शनस्थल बानेश्वर क्षेत्रबाट बाहिरिएको एउटा भिडिओमा तीनकुने-मीनभवन क्षेत्र हुँदै एउटा एम्बुलेन्स आइरहेको देखिन्छ। 

बानेश्वरको संसद् भवन अगाडिको सडकमा केही प्रदर्शनकारी घाइते सडकमा लडिरहेको र केहीले एम्बुलेन्सलाई हात हल्लाइरहेको देखिन्छ। 

उनीहरुको आग्रह अनुसार एम्बुलेन्स रोकिन्छ। हतार-हतार एम्बुलेन्समा घाइते चढ्न खोज्छन्। तर, त्यति नै बेला गोली चलेको आवाज सुनिन्छ।

त्यसपछि एम्बुलेन्समा चढाउन खोजेकाहरू तितरबितर हुन्छन्। त्यति नै बेला प्रहरीको गोलीबाट सडकमा एक व्यक्ति लड्न पुग्छन्। 

गोली चलेपछि एम्बुलेन्स भने उनीहरुलाई नलिइ अगाडि बढ्छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad