समाज


ललितपुरका विभिन्न स्थानमा बिहानैदेखि कर्फ्यु

ललितपुरका विभिन्न स्थानमा बिहानैदेखि कर्फ्यु

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ७:३८, काठमाडौँ

स्थानीय प्रशासनले आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। 

मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सूचना जारी गर्दै आज बिहान सात बजेदेखि राति १२ बजेसम्मको लागि चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। 

सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। सरकारी दमनकाे  बिराेधमा हुनसक्ने प्रदर्शनलाई राेक्नकाे लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेकाे हाे।

सूचना अनुसार ललितपुर महानगरपालिकाको वडा नम्बर २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कर्फ्यु लगाइएको छ। यी क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ। 

त्यसैगरि ललितपुर महानगरको वडा नम्बर ४, ५, १५ र २४ को भैँसेपाटी क्षेत्र, वडा नम्बर २ सानोपास्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नम्बर १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad