समाज


खग्रेन्द्र संग्रौलासहितका २० लेखकले भने- ताजा जनादेशका लागि जनतामा जानु उपयुक्त

खग्रेन्द्र संग्रौलासहितका २० लेखकले भने- ताजा जनादेशका लागि जनतामा जानु उपयुक्त

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १८:२६, काठमाडौँ

लेखक खग्रेन्द्र संग्रौलासहितका २० लेखकले अहिलेको परिस्थितिमा हुने सहमतिलाई संसद्‍मार्फत अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु पर्ने बताएका छन्। 

‘हामी राष्ट्रपति, आन्दोलनकारी जेनजी समूह, राजनीतिक दलका साथै नागरिक समाज र बौद्धिक समुदायलाई स्मरण गराउन चाहन्छौं कि सार्वभौम संसद जीवित छ,’ बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दैै भनेका छन्, ‘साथै, अहिलेको असाधारण र विशिष्ट परिस्थितिमा हुने सहमतिलाई संसदमार्फत अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु नै सबैभन्दा उपयुक्त, लोकतान्त्रिक, संवैधानिक बाटो हो भन्ने कुरा पनि हामी स्मरण गराउन चाहन्छौं।’

यद्यपि, दलहरुले आफूलाई सुधार गर्न आवश्यक रहेकोमा समेत जोड दिएका छन्। ‘तर संसदमा प्रतिनिधित्व गर्ने दलहरूको असफल नेतृत्व परिवर्तन गरी आफूलाई सुधार, पुनर्संरचना र रूपान्तरण गर्नु अपरिहार्य भएको वास्तविकता पनि हामी स्मरण गराउन चाहन्छौं,’ उनीहरूको भनाइ छ।

अहिले राजनीतिक रिक्तताको अवस्था रहेको भन्दै संविधानका संरक्षकसमेत रहेका राष्ट्रपतिलेले पहल लिनुपर्नेमा जोड दिएका छन्।

‘अहिले, प्रधानमन्त्रीले राजीनामा दिए पनि अर्को प्रधानमन्त्री नियुक्त नभएको कारण देश सरकारविहीन र राजनीतिक रिक्तताको घडीबाट गुज्रिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अब विलम्ब नगरी नेपालको संविधानका पालक र संरक्षकसमेत रहनुभएका सम्माननीय राष्ट्रपतिले अहिलेको संकट र रिक्ततापूर्ण अवस्थालाई निष्कर्षतिर लैजाने पहल र नेतृत्व गर्न आवश्यक भएको छ।’

आन्दोलनकारी जेनजी समूहका साथै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग समेत संवाद गर्नुपर्ने र त्यस्तो संवाद जङ्गी अड्डामा नभइ राष्ट्रपतिको कार्यालयमा गर्नुपर्नेमा उनीहरूको जोड छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad