समाज


कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा शव फेला

कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा शव फेला

आगोलागीपछि ध्वस्त भएको कोटेश्वर भाटभटेनी।


नेपालखबर
असोज १, २०८२ बुधबार १५:१६, काठमाडौँ

काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा पनि जलेको अवस्थामा शव फेला परेको छ। उक्त शव रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई हाल ललितपुरको च्यासल बस्ने २२ वर्षका विकास रसाइलीको रहेको काठमाडौँ प्रहरी परिसरका एसपी अपीलराज बोहोराले जानकारी दिए। 

आज बिहान ९:३० बजे भाटभटेनी सुपरमार्केटको भवनको चौथो तलामा अस्थिपन्जरमात्र बाँकी रहेको अवस्थामा फेला परेको हो। 

प्रहरीले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतल पठाइएको बोहोराको भनाइ छ।   

भदौ २३ गते र २४ गते काठमाडौँसहित देशभर जेनजीको आन्दोलन भएको थियो। २४ गते विभिन्न व्यापारिक संरचनासहित सरकारी संरचना आगोलागी र तोडफोडका घटना भएका थिए। 

यो शव पनि २४ भदौमा भएको आगोलागीमा परेर ज्यान गुमाएका रसाइलीको भएको प्रहरीले जनाएको छ। देशका विभिन्न सहरमा रहेका भाटभटेनीमा पनि केही व्यक्तिको शव जलेको अवस्थामा भेटिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad