समाज


बनस्थली स्कुल अगाडि बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, दुर्घटनापछि चालक भागे

बनस्थली स्कुल अगाडि बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, दुर्घटनापछि चालक भागे

नेपालखबर
असोज २, २०८२ बिहिबार ८:४१, काठमाडौँ

काठमाडौँको बनस्थलीमा बिहीबार बिहान बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ।

आज बिहान करिब साढे पाँचबजेततिर स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा वृद्ध पैदल यात्रीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौँ महानगरपालिका १६ बालाजु बनस्थली बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेका प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए। 

दुर्घटनापछि स्थानीयले बस चालकलाई पक्राउ गर्न माग गर्दै सडकमै शव राखेर प्रदर्शन गरेका छन्। दुर्घटनापछि बस छाडेर चालक फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad