समाज


पहिरो खसेको खस्यै गर्दा खुलाउन सकिएन १८ घण्टादेखि बन्द नारायणगढ–मुग्लिन सडक

पहिरो खसेको खस्यै गर्दा खुलाउन सकिएन १८ घण्टादेखि बन्द नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइनखोलामा खसेको पहिरो डोजरको सहयोगमा पन्छाइँदै। तस्बिर : हीरालाल गुरुङ/रासस


नेपालखबर
असोज ४, २०८२ शनिबार १२:३४, काठमाडौँ

चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा शुक्रबार साँझदेखि बन्द नारायणगढ–मुग्लिन सडक अझै खुलाउन सकिएको छैन।

खुलाउने प्रयास जारी रहे पनि निरन्तर एकपछि अर्को पहिरो खसिरहेकाले अहिलेसम्म सडक खुलाउन नसकिएको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिए। 

‘खसेको पहिरो पन्छायो, फेरि खस्छ, फेरि खस्छ भइरहेको छ’, दिउँसो साढे १२ बजे नेपालखबरसँग उनले भने, अहिलेसम्म सडक खुल्ने छाँटकाट देखिएको छैन।’ 

उनका अनुसार शुक्रबार साँझ ६:२५ देखि अहिलेसम्म सडक अवरुद्ध छ। सवारीसाधनको लाइन लागेको छ। यात्रुको बिजोग भएको छ।

सडक अब कति समयपछि खुल्ला, केही अनुमान गर्न सकिएला?

‘खै भन्नै गाह्रो छ, अझै ४/५ घण्टा लाग्ला कि’, डीएसपी खनालले भने, ‘डोजर र प्रहरी खटिएको खटियै छन्, तर पहिरो झरेको झर्‍यै गर्छ।’ 

यसअवधिमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad