समाज


मुग्लिन-नारायणगढ सडक आज दिउँसो २ घण्टा बन्द हुने

मुग्लिन-नारायणगढ सडक आज दिउँसो २ घण्टा बन्द हुने

नेपालखबर
असोज ६, २०८२ सोमबार ११:२५, काठमाडौँ

मुग्लिन-नारायणगढ सडक खण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ। 

चितवनको इच्छाकामनास्थित तुइनखोला पुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडकलाई दुईतर्फी गर्ने उद्देश्यले सोमबार दिउँसो एक बजेदेखि तीन बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो। 

सडक डिभिजन कार्यालय भरतपुरले केहीबेरअघि सूचना जारी गर्दै हाल एकतर्फी गाडी गुडिरहेको सडकमा दुईतर्फी नै गाडी सञ्चालन गर्ने उद्देश्यले दुई घण्टा सवारी रोक्न लागिएको जनाएको छ। 

‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै हाल सडक एकतर्फी संचालनमा रहेको छ। पहिरो पूर्ण रूपमा हटाएर उक्त सडक दुईतर्फि संचालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकि बाँकी रहेको पहिरो हटाउने कार्य सुचारू गरिने व्यहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ। 

दुई दिनसम्म पूर्णरुपमा अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडकको पहिरो हटाएपछि आइतबार साँझदेखि एकतर्फी गाडी चलेका थिए। तर, तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको थियो। त्यो पहिरो पनि हटाएपछि आज बिहानबाट फेरि यो सडकमा एकतर्फी गाडी चलेका थिए। 

अब दुईतर्फी नै गाडी चलाउने उद्देश्यले सडकको सबै पहिरो हटाउन लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad