समाज


छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयको सञ्चालन अनुमति रद्द गर्ने बालेनको चेतावनी

छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयको सञ्चालन अनुमति रद्द गर्ने बालेनको चेतावनी

नेपालखबर
असोज ६, २०८२ सोमबार १८:१६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने विद्यालयको सञ्चालन अनुमति नै रद्द गर्ने चेतावनी दिएका छन्। शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ०८२ को शैक्षिक सत्रमा हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको र केहीले अझै नबुझाएको भन्दै उनले यस्तो चेतावनी दिएका हुन्।

उनले विवरण नबुझाएकाहरूलाई बुझाउन पनि भनेका छन्। शाहले विवरण पेस नगर्ने विद्यालयलाई बन्द विद्यालयको रुपमा बुझी महानगरको शिक्षा ऐन बमझजिम प्रदान गरिएको अनुमति रद्द गर्ने चेतावनी दिएका छन्।

'यस शैक्षिक सत्र २०८२ मा हाल सम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ जस अनुसार १६९८० जनाले छात्रवृति पकेहि विद्यालयले हालसम्म विवरण बुझाएका छैनन् उहाँहरूलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्छौँ, विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,' उनले भनेका छन्।

उनले यो वर्ष २० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएको पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad