समाज


जेनजी आन्दोलनमा गोली लागेका सान्तनु ढकाललाई अर्थमन्त्री खनालको सान्त्वना

जेनजी आन्दोलनमा गोली लागेका सान्तनु ढकाललाई अर्थमन्त्री खनालको सान्त्वना

नेपालखबर
असोज ८, २०८२ बुधबार २०:४२, विराटनगर

जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका मोरङ बूढीगंगा–७ का सान्तनु ढकाललाई अर्थमन्त्री रामेश्वर खनालले अस्पतालमा पुगेर भेटेका छन्।

भदौ २३ गते सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका ढकालको अहिले विराट टिचिङ हस्पिटल बूढीगंगामा उपचार भइरहेको छ। बुधबार दिउँसो मन्त्री खनाल अस्पताल पुगेका थिए। उनले ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पताल प्रशासनले जनाएको छ।

मन्त्री खनालसँगको भेटमा घाइतेका बुबा महेश ढकालले छोराको उपचारमा कुनै समस्या नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमा उपचार खर्चको अभाव भन्दै फैलिएका हल्ला गलत भएको बताएका थिए।

छोराको शल्यक्रिया, औषधि तथा सम्पूर्ण उपचार खर्च विराट मेडिकल कलेजले निःशुल्क उपलब्ध गराएको घाइतेका बुबा महेश ढकालले बताएका थिए। उनले छोराको नाममा कसैले आर्थिक संकलन नगर्न आग्रह गरेका छन्। विराट मेडिकल कलेजमा जेनजी आन्दोलनका ५ जना घाइते उपचाररत रहेका छन्।

यस्तै, मन्त्री खनालले जेन्जी आन्दोलनको क्रममा घाइते भई नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचाररत बिरामीको समेत अवस्था बुझ्न पुगेका थिए।

जेन्जी आन्दोलनका २० जना घाइतेहरूको नोवेलमा उपचार भइरहेको छ। बिरामी भेट्न गएका मन्त्री खनालले बिरामीको निःशुल्क उपचार भइरहेको बारेमा बिरामी र बिरामीका आफन्तलाई आश्वस्त पारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad