प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ।
पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएपछि उनी फरार थिइन्। प्रहरीले युएईमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको घिमिरेले बताए।
दाहाललाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २१ गते रेड नोटिस जारी भएको थियो।
पक्राउ परेकी दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
Shares

प्रतिक्रिया