समाज


बसको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध

बसको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध

नेपालखबर
असोज १४, २०८२ मंगलबार २०:१९, बैतडी

बसको ठक्करबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका-२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा नं १ गुरूखोला निवासी ३३ वर्षीया भागरथी लुहारको मृत्युभएको हो। 

जात्राबाट फर्किने क्रममा दशरथचन्द राजमार्गअन्तरर्गत गुरुखोलामा महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नंको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए।

घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका र सहमतिका लागि प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad