समाज


अस्वस्थ माछा-मासु खाँदा लाग्छन् डेढ सय बढी रोग, यस्तो छ मासु खाने तरिका

अस्वस्थ माछा-मासु खाँदा लाग्छन् डेढ सय बढी रोग, यस्तो छ मासु खाने तरिका

नेपालखबर
असोज १५, २०८२ बुधबार १३:४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा-मासुको प्रयोगले १ सय ६० भन्दा बढी रोगहरू निम्तिने खतरा रहेको बताएका छन्। 

उनले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलका कारणले स्वास्थ्य सम्बन्धी समस्या बढी निम्तिने खतरा रहेको बताएका हुन्।  

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले स्वास्थ्य समस्या भइरहेका मानिसहरूमा झनै जटिलता निम्तिनसक्ने भन्दै शतर्कता अपनाउन आग्रह गरे। 

स्वास्थ्य समस्या नभएकाहरूमा पनि स्वास्थ्य सम्बन्धी आकस्मिक समस्या हुनसक्ने भन्दै खानपानमा विशेष ध्यान दिन उनको आग्रह छ। 
मासुका परिकारहरू बढी खाने, जंकफुडहरू खाने बानीले स्वास्थ्य समस्या झनै बढाउने बताए। स्वस्थ माछा मासु प्रयोग गर्नसके मात्रै पोशक तत्व प्राप्त हुने उनको भनाइ छ। 

सेकुवा, तारेर, भुटेर खाइने माछा मासुले पाचन प्रणालीमा समस्या निम्त्याउने बताए। छोइला जस्ता काँचो मासुबाट पनि रोग निम्तिने खतरा रहेको उनको भनाइ छ। मासु खाँदा प्रेसर कुकरमा ५-६ सिठी लगाएर झोलिलो खानु राम्रो हुने र मासुसँगै हरियो सागपात खानु उचित हुने बताए मर्निङ वाकलाई निरन्तरता दिन पनि उनको आग्रह छ। 

यस्तो छ उनको सुझाव
चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलको कारणले स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छन्। कसैमा भइरहेको स्वास्थ्य समस्यामा जटिलता आउने हुनसक्छ। स्वास्थ्य समस्या नभएकाहरूमा पनि स्वास्थ्य समस्या देखिएर आकस्मिक समस्या हुनसक्छ। त्यसकारण हामीले हाम्रो खानपानमा ध्यान दिनुपर्छ। हरेक समयमा मासुका विभिन्न परिकार खाने बानी छ। समय व्यस्त भएका कारण घरमा तयार गरेका नभइ जंकफुडहरू किन्ने र खाने बानी छ।

आफ्ना नियमित रुपमा भएका व्यायाममा विश्राम लाग्छ र त्यसले बढी स्वास्य समस्या निम्त्याउँछ। स्वस्थ रुपमा माछा मासु प्रयोग गर्नुभयो, थोरै मात्रामा र ताजा माछा मासु प्रयोग गर्ने हो भने त्यसले स्वास्थ्यको लागि पोषक तत्व दिन सहयोग गर्दछ। रोगी पशुपंक्षी, वधशाला स्वस्थ छैन भने वा धेरै मासु, चिल्लो खानुभयो भने तपाईंहरूलाई १ सय ६० भन्दा बढी प्रकारका रोगहरू र स्वास्थ्य समस्या निम्तिने गर्दछन्। सेकुवा भनेर, तारेर, भुटेर माछा मासु धेरै खाँदा पाचन प्रणालीमा समस्या निम्त्याउँछ।

त्यसले कब्जियत, झाडापखाला, खाद्य नलीको क्यान्सरको समस्या निम्तिन्छ। काँचो मासुबाट पनि रोग निम्तिन्छ। गोठदेखि ओठसम्म शुद्ध भएपछि मात्रै माछा मासु खानु उचित हुन्छ। मासु खाँदा प्रेसर कुकरमा ५-६ सिठी लगाएर झोलिलो खानु राम्रो हुन्छ। माछा मासु सेवन गर्दा जहिले पनि हरियो साग शब्जी पनि सँगसँगै खानुपर्छ। दालहरू, सलाद पनि खानुपर्छ। माछा, मासु मात्रैले पनि स्वास्थ्यमा नकारात्मक असर गर्दछ। मर्निङ वाकलाई निरन्तरता दिनुपर्छ।’
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad