समाज


च्याङ्ग्रा महँगो भएपछि खसीबोकामै दसैँ

च्याङ्ग्रा महँगो भएपछि खसीबोकामै दसैँ

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८२ बुधबार १६:४२, गलकोट (बागलुङ)

हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेका च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि खसीबोकामै स्यानीयले दसैँ मान्न थालेका छन्।   

बागलुङमा कम मात्रमा च्याङ्ग्रा आयात तथा महँगो भएपछि स्थानीय खसीबोकाकै भरमा दसैँ मान्न थालिएको हो। हिमाली च्याङ्ग्रा बागलुङ बजार क्षेत्रमै खपत भएपछि गाउँ–गाउँमा दसैँ मनाउन स्थानीय खसीबोकाकै भर पर्नुपर्ने अवस्था रहेको छ। 
मुस्ताङबाट बागलुङमा करिब ३५० च्याङ्ग्रा भित्रिएपछि उक्त च्याङ्ग्रा गाउँ पुग्न नपाएको मासु व्यापारी बताउँछन्। च्याङ्ग्राको मूल्यमा दुई खसीबोका आउने गरेको भन्दै स्थानीयले दसैँमा स्थानीय खसीबोकामै निर्भर रहनुपर्ने बताइएको छ। 

बागलुङमा समेत मुस्ताङी च्याङ्ग्रा बिक्रीका लागि आएका भए पनि च्याङ्ग्राको भाउमा दुई खसीबोका खरिद गर्न सकिने भएपछि स्थानीय खसीबोकाप्रति आकर्षण बढेको व्यवसायी बलबहादुर थापाले बताए। ‘अहिले च्याङ्ग्राको मूल्य रु ३५ हजार भन्दामाथि छ, काटेर किलोका दरले बिक्री गर्दा दुई हजार ५०० पर्ने गरेको छ’, थापाले भने, ‘मूल्य महँगो पर्ने भएपछि स्थानीय खसी बोकाकै मासुको माग बढी हुन्छ ।’
दसैंँ तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ महँङ्गो भएपछि स्थानीयमा खसीबोका र कुखुराको माग बढी हुन थालेको छ। रु एक हजार १५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै तीन गुणा बढी मूल्य पर्न जाने गरेको छ । 

च्याङ्ग्राको मूल्य निकै महँगो भएपछि खसी बोकाको माग उच्च देखिएको र एक हप्तामा १० वटा खसी तथा बोका काटेर बिक्री गरिसकेको बागलुङ बजारका मासु व्यवसायी थापाको भनाइ छ ।   रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad