समाज


बीपी राजमार्गमा आजदेखि मंगलबारसम्म राति सवारीसाधन चलाउन निषेध

बीपी राजमार्गमा आजदेखि मंगलबारसम्म राति सवारीसाधन चलाउन निषेध

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८२ बिहिबार १५:७, काठमाडौँ

व्यापक वर्षा हुने सम्भावना देखिएपछि बीपी राजमार्गमा आज असोज १६ देखि २१ गतेसम्म रातिको समय अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। 

काभ्रे जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी बिहीबारदेखि मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेँसी-सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन निषेध गरिएको जानकारी दिएको हो। 

साथै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्ने सूचनामा उल्लेख गरिएको छ। 

यस्तो छ, पूरा सूचना-

उच्च सतर्कता र पूर्वतयारी एवं प्रतिकार्यका लागि अनुरोध!
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति २०८२ असोज १५ गते प्रकाशित उच्च सतर्कताका लागि अनुरोध गरिएको सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म यस (काभ्रे) जिल्लामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बाढी-पहिरोको उच्च जोखिममा रहेको देखिएकाले देहायअनुसार गर्ने गराउन सम्बन्धित कार्यालयहरू, संस्थाहरू एवं जिल्लावासी सबैमा अनुरोध गर्दछौँ।

. वर्षात् र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम हुन नदिन २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेँसी-सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको आवागमनमा निषेध गरिएको छ। साथै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्नेछ।

. उल्लेखित अवधिमा अत्यन्त जरूरी नभईकन बाहिर नजाने, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्ने।

. पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउने। विशेष स्थानीय तहहरूले स्वीकृत मनसुन कार्ययोजनाअनुरूप आवश्यक पूर्वतयारी र प्रतिकार्य गर्ने गराउने।

. डुबान हुने सक्ने बस्तीहरूलाई सुरक्षित क्षेत्र (अस्थायी) र सुरक्षित स्थानबारे जानकारी लिने र आवश्यक पर्दा गाँउपालिका/नगरपालिकाद्वारा यसअघि निर्धारित सुरक्षित स्थानमा जाने।

. जिल्ला स्थित सुरक्षा निकायहरू, स्थानीय तहहरू, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय स्वीकृत प्रतिकार्य योजनाअनुरूप तयारी अवस्थामा रहने।

. बीपी र अरनिको राजमार्ग आयोजनाहरू (सडक डिभिजन भक्तपुर र सूर्यविनायक-धुलिखेल सडक आयोजना) ले सडकहरूमा तुरून्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्ने।

. पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने।

. स्थानीय विपद् व्यवस्थापन समितिहरू र विपद् व्यवस्थापन समितिका क्लस्टर लिड र क्लस्टरको लिडहरूले स्वीकृत प्रतिकार्य योजनाअनुरूप तयारी अवस्थामा रहने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad