बितेको २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ।
जल तथा मौसम विज्ञान विभागले शनिबार साँझ ६ बजे जारी गरेको सूचनाअनुासर गएको २४ घण्टामा रौतहटको महेशपुरमा ३०९.८ मिलिमिटर वर्षा भएको हो।
यो भनेको अति भारी वर्षा हो। बारा र पर्सामा पनि अति भारी वर्षा भएको मौसम विभागले जनाएको छ।
चेतावनी दिँदै मौसम विभागले अगाडि भनेको छ, ‘अहिले पानी परिरहेका ठाउँका बासिन्दाहरूले सतर्क रहनुहोला।’
150
Shares

प्रतिक्रिया