समाज


बागमती र मधेस प्रदेशमा वर्षाको तीव्रता बिस्तारै घट्न थालेको छ : मौसम विभाग

बागमती र मधेस प्रदेशमा वर्षाको तीव्रता बिस्तारै घट्न थालेको छ : मौसम विभाग

नेपालखबर
असोज १९, २०८२ आइतबार ६:१३, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेश र मधेस प्रदेशका क्षेत्रमा वर्षाको तीव्रता बिस्तारै घट्न थालेको छ। कोसी प्रदेशका भने धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको र यो अझै केही घण्टा कायम रहन सक्ने देखिएको छ। 

मौसम विभागले आज आइतबार बिहान साढे ५ बजे दिएको अध्यावधिक जानकारीअनुसार हाल ८ वटा नदी केन्द्रमा जलसतह खतरा तहभन्दा माथि छ। जसमा बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढीखोला सुनसरी, बिरिङखोला झापालगायत नदीका बाढीमापन केन्द्र छन्। 

अनि १२ वटा नदी केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि र प्राय:जसो बढ्दो क्रममा छन्। यसमा बागमती, कमला, कोसी जलाधारका बाढीमापन केन्द्र छन्।

हेर्नुहोस् मौसम विभागले दिएको अहिलेसम्मको अपडेट-

(मिति २०८२/०६/१९ बिहान ५:३० बजेको अपडेट)

देशका विभिन्न नदीहरूबाट प्राप्त रियलटाइम जलसतह अनुसार,

-हाल ८ वटा नदी केन्द्रहरूमा जलसतह खतरा तह ( डेन्जर लेभल) भन्दा माथि छ। जसमा बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला-सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढीमापन केन्द्रहरू छन्।

-१२ वटा नदी केन्द्रहरूमा जलसतह सतर्कता तह (वार्निङ लेभल) भन्दा माथि र प्रायजसो बढ्दो क्रममा छन्। जसअन्तर्गत बागमती, कमला, कोसी जलाधारका बाढीमापन केन्द्रहरू रहेका छन्।

-यसैगरी कोसी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरूमा बहाब सतर्कता तह नजिक छ।

-बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता बिस्तारै घट्न सुरु गरेको छ भने कोसी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिन्छ।

-उल्लिखित नदीहरू (तल नक्सामा देखाइएका) मा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने मध्यम जोखिम भोलि बिहानसम्मै रहने देखिन्छ।

-भोलिसम्मै उच्च सतर्कताको लागि अपिल गर्दछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad