समाज


बाढी-पहिरोमा परेर देशभर ३८ जनाको मृत्यु, ११ बेपत्ता

बाढी-पहिरोमा परेर देशभर ३८ जनाको मृत्यु, ११ बेपत्ता

नेपालखबर
असोज १९, २०८२ आइतबार १२:५५, काठमाडौँ

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ३८  जनाको मृत्यु भएको छ। बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
 
विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन्। बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ। 

इलामको सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, देउमाई नगरपालिकामा २, फाकफोकथुम गाउँपालिकामा १, माङ्सेबुङ गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

यसैगरी बाढीपहिरोमा परी उदयपुरमा २, रौतहटमा ३, रसुवामा ४ र काठमाडौँमा १ जनाको मृत्यु भएको छ।

खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट ८ जना घाइते भएका छन्। पाँचथरमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad