समाज


पहाडका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

पहाडका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

बिहीबार बिहान काठमाडौँको त्रिपुरेश्वरबाट खिचिएको तस्बिर


नेपालखबर
असोज २३, २०८२ बिहिबार ७:५४, काठमाडौँ

आज (बिहीबार) देशमा पानी पर्ने सम्भावना कम देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाड भूभागका एक-दुई स्थानमा त्यो पनि हल्का वर्षा हुने सम्भावना मात्र छ।

यस्तै राति कोसी प्रदेश तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

मौसम महाशाखाले जारी गरेको पूरा बुलेटिन यस्तो छ:

आज दिउँसो : कोसी प्रदेशलगायत देशका पहाड भूभागमा आंशिक बदली (आकाशमा थौरै बादल) रही बाँकी भूभागमा मुख्यतया सफा (लगभग आकाश सफा) रहने छ। देशका पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना छ। 

आज राति : कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

एक-दुई स्थानमा वर्षाको सम्भावना भन्नाले सम्बन्धित क्षेत्रको १० प्रतिशतभन्दा कम क्षेत्रफल (जुनसुकै स्थान) मा पानी पर्ने सम्भावना देखिनु हो। यस्तै हल्का वर्षा भन्नाले २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हो।

मौसमविद्का अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ भने देशका बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर मात्र प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad