समाज


भागेर चीन पुगेका उत्तर कोरियाली नागरिकमा देखियो कोरोना भाइरस

भागेर चीन पुगेका उत्तर कोरियाली नागरिकमा देखियो कोरोना भाइरस

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १०:३८,

उत्तर कोरियाले हालसम्म आफ्नो देशमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित नबनेको बताइरँदा उत्तरबाट भागेर चीन पुगेका व्यक्तिमा कोरोना देखिएको हो।

अप्रिल २० मा ती उत्तर कोरियाली नागरिक टुमेन खोला तरेर चीन भाग्दै गर्दा उत्तरका सेनाले गोली समेत चलाएका थिए।

घाइते अवस्थामै उनी चीन प्रवेश गरेका थिए। चीनको अस्पतालले ती व्यक्तिमा कोरोना भाइरस रहेको पुष्टि गरेको डेली एनकेलाई उदृत गर्दै द सनले जनाएको छ।

डेली एनके दक्षिण कोरियाको समाचार माध्यम हो जसले यसअघि उत्तरका झन्डै २ सय सेनामा कोरोनाको संक्रमण भएको उल्लेख गरेको थियो।

हालै डेली एनकेले उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था गम्भीर भएको समाचार प्रकाशन गरेको थियो।

यस घटनाको विषयमा उत्तर कोरियाले कुनै प्रतिक्रिया जनाएको छैन। त्यहाँका संचारमाध्यममा समेत हाल किमको विषयमा समाचार प्रकाशित भएको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .