आज बिहान धादिङमा भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन्।
पृथ्वी राजमार्गमा पर्ने गल्छी गाउँपालिका-७ भल्टारमा दुई सवारी साधन आपसमा ठोकिएका प्रहरीले जनाएको छ।
शुक्रबार बिहान नौ बजेतिर नेपालगञ्जबाट काठमाडौँफर्त आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना. ८ख २५९१ नम्बरको टिपर आपसमा ठोकिकएका हुन्।
उक्त दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए।
घाइतेलाई उपचारको लागि स्थानीय स्मारिका फार्मेसी अस्पतालमा भर्ना गरिएको छ।
378
Shares

प्रतिक्रिया