समाज


रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु

रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु

नेपालखबर
असोज २६, २०८२ आइतबार ८:३०, रसुवा

रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको हो।

टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक शनिबार करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सडकको हिलोमा भासिएका मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad