समाज


जलेका कागजात पुनः प्राप्तिका निम्ति निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

जलेका कागजात पुनः प्राप्तिका निम्ति निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

नेपालखबर
असोज २७, २०८२ सोमबार १२:५६, काठमाडौँ

गएको भदौ २३ र २४ गते ‘जेनजी’को आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजात पुनः प्राप्तिका निम्ति निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ।

जलेका कागजात पुनः प्राप्तिका निम्ति अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने ट्राफिक प्रहरीले जनाएकाे छ।

आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका सवारीसाधनका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायत महत्त्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’मा क्लिक गरी फाराम भर्न सकिने कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

निवेदन ‘सबमिट’ भएपछि आवेदन नम्बर आउँछ। पछि ‘चेक एप्लिकेसन’मा उक्त नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिसपत्र सेवाग्राहीले प्राप्त गर्छन्।

उनले भने, ‘क्यूआर कोडको सिफारिसपत्रसहित सम्बन्धित यातायात कार्यालयमा सेवाग्राहीले जानुपर्ने हुन्छ । यसबाट सेवाग्राहीको समयको बचत हुनुको साथै ट्राफिक प्रहरी कार्यालयमा कामको चाप कम हुन जान्छ।’ 

साथै, कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिसपत्रका आधारमा हाललाई सवारीसाधन सञ्चालन गर्न सकिने प्रवक्ता सुवेदीले बताए ।

उनले भने, ‘सवारीचालक अनुमतिपत्र नभए पनि, यदि ट्राफिक प्रहरीले पहिले काटेको २४ घण्टे पुर्जी वा कुनै प्रमाण रहेको छ भने सोहीलाई आधार मानेर सवारी चलाउन दिइनेछ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad