समाज


तीव्र गतिको स्कुटर पल्टिँदा २५ र २८ वर्षका युवकको मृत्यु

तीव्र गतिको स्कुटर पल्टिँदा २५ र २८ वर्षका युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार ७:३९, काठमाडौँ

चितवनको भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति २ बजेतिर भरतपुर महानगरपालिका-१० एयरपोर्ट नजिकै बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर पल्टिँदा उनीहरूको मृत्यु भएको हो। 

मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका- २१ बस्ने वर्ष २५ वर्षीय सन्दिप घिमिरे र स्कुटरको पछाडि सवार सोही ठाउँका २८ वर्षीय कुशल अर्याल रहेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा आज बिहान मृत्यु भएको छ। 

तीव्र गतिको कारण स्कुटर दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad