काभ्रेमा दुईवटा टिपरमा च्यापिएर एक युवकको मृत्यु भएको छ।
मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गएराति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसीबीका सहचालकको मृत्यु भएको हो।
पाँचखाल नपा–८ होक्से घर भएका सहचालक १९ वर्षीय देवेन्द्र तामाङको बा.४ ख ९८२५ नम्बरको टिपरमा बालुवा लोड गरी ब्याक गर्ने क्रममा सोही स्थानमा रोकी राखेको बा४ख ९९०९ नम्बरको टिपरको बीचमा च्यापिएका थिए।
उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए।
147
Shares

प्रतिक्रिया