समाज


पर्यटन बोर्डमा नेपालसम्बन्धी फोटो प्रदर्शनी

पर्यटन बोर्डमा नेपालसम्बन्धी फोटो प्रदर्शनी

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १३:१०, काठमाडौँ

नेपाल पर्यटन बोर्डले आफ्नो दृश्य-संवाद अभियान अन्तर्गत आयोजित विशेष फोटो प्रदर्शनी भृकुटीमण्डपस्थित बोर्ड परिसरमा उद्घाटन गरेको छ।

प्रदर्शनीको मंगलबार वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले उद्घाटन गरे। कार्यक्रममा बोर्डका निमित्त कार्यकारी प्रमुख हिकमत सिंह ऐयर, फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिका काफ्ले तथा फोटोनेपाल अभियान संयोजक र बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीको उपस्थिति थियो।

सुवेदीले कार्यक्रममा जानकारी दिँदै भने, ‘फोटोने पाल अभियान सन् २०१६ मा सुरु गरिएको हो, जसको उद्देश्य नेपालको सांस्कृतिक, प्राकृतिक र मानवीय सौन्दर्यलाई फोटोग्राफीमार्फत विश्वसामु चिनाउने हो।’

वरिष्ठ फोटो पत्रकार चित्रकारले नेपाल पर्यटन बोर्डले फोटोग्राफीलाई सांस्कृतिक कूटनीतिको रूपमा अघि बढाएको देख्दा खुशी लागेको बताए।

फोटो पत्रकार क्लबका अध्यक्ष काफ्लेले यस्ता प्रदर्शनीहरूले फोटोग्राफरहरूलाई सिर्जनात्मक ऊर्जा र प्रेरणा दिने उल्लेख गरे।

निमित्त कार्यकारी प्रमुख ऐयरले भने, ‘नेपालका सांस्कृतिक र धार्मिक विविधतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता अभियानहरू प्रभावकारी माध्यम हुन्। बोर्ड यस्ता सिर्जनात्मक सहकार्यमा सधैं अघि रहन्छ।’

इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेले नेपाल फोटोग्राफीका लागि ‘स्वर्गसरह देश’ भएको बताउँदै नेपालसँग आफ्नो विशेष भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन्। 

उनले खिचेका नेपाल र इटालीका २५ विविध फोटोहरू प्रदर्शनीमा प्रदर्शित छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad