समाज


साउदी अरबमा बालबालिकालाई मृत्युदण्ड दिने कानुन खारेज

साउदी अरबमा बालबालिकालाई मृत्युदण्ड दिने कानुन खारेज

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ६:२३,

साउदीको मानव अधिकार आयोगका अनुसार साउदी राजा सलमान बिन अब्दुलजिज अल साउदले बालबालिकालाई मृत्युदण्ड दिने कानुनलाई खारेज गरिदिएका छन्।

साउदी अरबले संयुक्त राष्ट्रसंघको सम्मेलनमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ। राष्ट्रसंघको नियमअनुसार अब साउदीले बालबालिकालाई मृत्युदण्ड दिन पाउनेछैन।

मानव अधिकारकर्मीले साउदी अरब अधिकारको हनन् गर्ने मूलुकमा खराब देशमध्ये एक भएको बताउँदै आएका छन्।

Singapore sentences Saudi diplomat to caning 'for molesting hotel ...

कोर्रा हान्ने सजाय र बालबालिकालाई मृत्युदण्ड दिने कानुन खारेज गरिनुलाई साउदीका राजा सलमान र उनका छोरा राजकुमार मोहम्मद बिन सलमानको सुधारको कार्यक्रमको रुपमा हेरिएको छ।

साउदीले पछिल्लो समय महिलालाई सवारी लाइसेन्स प्रदान गर्न थालेको छ भने त्यहाँ अहिले महिलाले रंगशालामा गएर फुटबल पनि हेर्न पाउँछन्। एजेन्सी

Amid Jamal Khashoggi scandal, Saudi King Salman and Crown Prince ...

राजा सलमान र राजकुमार सलमान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad