नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले सरुवा रोग विशेषज्ञ चिकित्सकविरुद्ध ‘अत्यन्तै अशोभनीय र अभद्र’ अभिव्यक्ति दिएको भन्दै नेपाल चिकित्सक संघले गम्भीर आपत्ति प्रकट गरेको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी व्याप्त भएका बेला त्यसविरुद्ध अग्रपंक्तिमा रहेर खटिरहेका चिकित्सक/स्वास्थ्यकर्मीको मनोबल गिर्ने अभिव्यक्ति नदिन पनि जोडदार माग गरेको छ।
एक अन्तरवार्तामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनबारे सोधिएको प्रश्नमा स्वास्थ्य सचिव कोइरालाले उनी करारमा भएको र कुनै पनि बेला हटाउन सकिने बताएका थिए।
चिकित्सक संघका महासचिव डा. बद्री रिजालको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ- ‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्ने भएकाले यसबारे गम्भीर विचार गरेर अभिव्यक्ति सार्वजनिक गर्न माग गर्दछ।’
साथै करार, ज्यालादारीमा चिकित्सकहरु नियुक्त गर्नुको साटो दरबन्दी वृद्धि गरेर स्थायी पदपूर्ति गर्नसमेत संघले माग गरेको छ।
हेराैँ विज्ञप्ति:

Shares

प्रतिक्रिया