नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन–जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गरेका छन्।
आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरू संयमित हुन जरुरी रहेको बताए।
डिसीले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताए।
उनले भने, ‘हिल्टन होटल कसरी जल्यो? अरु ककसको जल्यो होला, हिल्टन कसरी जल्यो भन्दा इगो राखेर पत्रकारिता गर्दा जल्यो, देशलाई घाटा भयो। पर्यटन उद्योगलाई घाटा भयो। तर लगानीकर्तालाई घाटा भएन। इन्सोरेन्सबाट उसले ७ अर्ब लिइसक्यो। उसलाई त्यहाँ डेढ अर्ब फाइदै भयो। पत्रकारिताको इगोले एउटा कुरा जित्न खोज्दा बिग्रेको हो नी त।’
इगो राखेर पत्रकारिता गर्दा देश समाजलाई ठूलो नोक्शानी पुर्याउने उनको भनाइ छ।
Shares

प्रतिक्रिया