समाज


झापामा प्रहरी हबलदारलाई गम्भीर घाइते बनाएर भागेका युवक भक्तपुरबाट पक्राउ

झापामा प्रहरी हबलदारलाई गम्भीर घाइते बनाएर भागेका युवक भक्तपुरबाट पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०८२ शनिबार ७:४१, काठमाडौँ

झापामा प्रहरी कार्यालयमा तोडफोड र प्रहरी हबलदारलाई कुटपिट गरेको आरोपमा प्रहरीले  तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पतिपत्नीसमेत छन्। 

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण भएको थियो। त्यसक्रममा त्यहाँ कार्यरत प्रहरी हबलदार विजय खड्कालाई गम्भीर घाइते हुनेगरि कुटपिट गरिएको थियो। 

प्रहरीमाथि आक्रमण र इलाका प्रहरी कार्यालय तोडफोग गरेको आरोपमा विर्तामोड नगरपालिका- ५ घर भएका २६ वर्षीय नवराज राई, झापाकै अर्जुनधारा नगरपालिका- ६ बस्ने वर्ष २२ को पदम राई र उनकी श्रीमती २४ वर्षीया पुजा मगर पक्राउ परेका हुन्। 

घटनापछि फरार भएका नवराज राईलाई खोजतलाशको क्रममा भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पदम र पूजालाई भने बिर्तामोड नपा- ५ त्रिवेणी चोकबाट पक्राउ गरिएको हो।  उनीहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad