समाज


साढे ५ बजेदेखि ठप्प त्रिभुवन विमानस्थल सञ्चालनमा

साढे ५ बजेदेखि ठप्प त्रिभुवन विमानस्थल सञ्चालनमा

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार २१:५८, काठमाडौँ

रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिँदा ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।  

शनिबार दिउँसो ५ : ३० बजेदेखि लाइटिङ प्रणालीमा समस्या आएको थियो। उक्त प्रणाली मर्मत भएपछि अहिले ९ : ५० मा विमानस्थल सुचारु भएपछि नेपाल नेपाल एयरलाइन्सको जहाज ल्यान्ड भएको हो।

 विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले नेपालखबरसँग भने, ‘अहिलेलाई समस्या समाधन भयो, विमानस्थल सञ्चालनमा आयो।’

‘एयर फिल्ड लाइटिङ’मा समस्या आएपछि रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि अप्ठ्यारो भएको थियो। 

विमानस्थलमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’ भएका थिए भने केहीलाई अन्यत्र डाइभर्ट गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad