समाज


२३ कात्तिक: वृषलाई एकपछि अर्को अवसर, कर्कटको स्वास्थ्य समस्या बढ्ने, तपाईँको के?

२३ कात्तिक: वृषलाई एकपछि अर्को अवसर, कर्कटको स्वास्थ्य समस्या बढ्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
कात्तिक २३, २०८२ आइतबार ४:४३, काठमाडौँ

आज आइतबार, २३ कात्तिक २०८२ (७ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: धर्मकर्म र समाजसेवामा रुचि बढ्नेछ। सोचेअनुसार काम सम्पन्न भएर मन प्रसन्न रहनेछ। पारिवारिक कार्यमा सफलता मिल्ने र लगनशीलता तथा धैर्यले नयाँ अवसर दिलाउने सम्भावना छ।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम र दाम्पत्य जीवन सुखद रहनेछ। आफन्त वा मित्रसँग पुनर्मिलनको योग छ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: रोकिएका काम पुनः सुरु हुनेछन्। सहयोगीहरूको साथले सफलता पाइनेछ। परिवारसँग समय बिताउने अवसर र स्वादिष्ट भोजनको सम्भावना छ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कर्कट: स्वास्थ्यमा खर्च बढ्ने योग छ। साना समस्यामा अल्झिनुपर्ने सम्भावना छ। अत्यधिक प्रयत्नपछि मात्रै व्यावसायिक काम बन्न सक्छ। बेलुकीतिर कार्य सम्पादन र भ्रमणको योजना बन्न सक्छ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङ प्रयोग नगर्ने।

सिंह: अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेमीको साथ र सहयोग पाइनेछ। परीक्षा र पुँजी बजार दुवैमा अनुकूलता रहनेछ। लामो यात्रा सफल हुनेछ तर खानपानमा सावधानी अपनाउनु पर्छ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ। पढाइमा सामान्य प्रगति भए पनि नयाँ उद्योग वा रचनात्मक काममा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला: बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ वस्त्र र अलंकार प्राप्त हुन सक्छ। नयाँ ज्ञान प्राप्त हुने सम्भावना छ तर साँझतिर धन खर्च बढ्न सक्छ। परिवारको खुशीका लागि खर्च हुने देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: प्रतिष्ठित कामबाट अवसर प्राप्त हुनेछ। बुद्धिले निर्णय लिँदा सफलता मिल्नेछ। लाभ–हानि बराबरी भए पनि साँझमा पारिवारिक जमघट रमाइलो हुनेछ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

धनु: भाग्यले नयाँ अवसर दिलाउनेछ। आफन्तमा सन्तान लाभको सम्भावना छ। व्यावसायिक क्षेत्रमा फाइदा हुनेछ तर सानातिना काममा अल्झिन सकिनेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मकर: स्थानान्तरण वा टाढाको यात्राको सम्भावना छ। सही समयमा उचित निर्णय लिन सकिनेछ। घरमा अतिथि आउने तर कलहको योग पनि रहेको छ, त्यसैले बोलीमा संयम अपनाउनु राम्रो।

भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङ प्रयोग नगर्ने।

कुम्भ: नजिकका व्यक्तिबाट सहयोग पाइनेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। साँझतिर आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्नेछ।

भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङ प्रयोग नगर्ने।

मीन: सकेसम्म कम बोल्नु र नजानेको काममा हात नहाल्नु हितकर हुनेछ। नाक वा घाँटीमा समस्या आउन सक्छ। साँझमा चलाखीपूर्ण बोलीले काम बन्न सक्छ।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad