समाज


पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु

पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १७:५७, विराटनगर

कोसी प्रदेश सभाको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।  

कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोर्पियो गाडीले बिहीबार दिउँसो मोरङको ग्रामथान गाउँपालिका-५, स्थानीयलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 

ठक्करबाट ग्रामथान-५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालकले जानकारी दिइन। उनका अनुसार,  विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको उक्त स्कोर्पियोले को ९ प ७९ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई स्थानीयले उद्धार गरी विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका लागि पठाएका थिए। उनको  उपचारका क्रममा दिउँसो ३ः१५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।

दुर्घटना गराउने  सरकारी गाडी कोसी प्रदेश सभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएका थिए। दुर्घटना हुँदा नेता आङ्बो गाडीमा सवार थिएनन्। 

चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

नेता आङ्बोले आफू बैठकमा भएको बेला गाडी आआफूलाई लिन आउँदै गर्दा दुर्घटना भएको बताए। उनले नेपालखबरसँग भने, ‘घाइतेको उपचार गर्दागर्दै मृत्यु भयो, दुखद् घटना भयो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad