समाज


सांस्कृतिक सम्पत्ति ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै

सांस्कृतिक सम्पत्ति ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ९:४८, काठमाडौँ

नेपाल सहित संसारका विभिन्न देशमा आज सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ।  

पुराना मूर्तिकला, चित्रकला, हस्तकला, ऐतिहासिक स्थल र अन्य सांस्कृतिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न चेतना फैलाउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा पाँच वर्षअघिदेखि आजको दिनलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। 

राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को)ले नेपालजस्तो सांस्कृतिक धरोहरले समृद्ध देशका, काठमाडौँ, भक्तपुर, ललितपुर लगायत स्थानका पुराना मन्दिर, मूर्तिकला र ऐतिहासिक भवनहरूको संरक्षणमा जोड दिएको छ। सांस्कृति सम्पदाको संरक्षणमा पुरातत्व विभाग पनि क्रियाशील छ।

पुरातात्विक विशेषज्ञहरूका अनुसार सांस्कृतिक सम्पत्ति केवल पुरानो वस्तु नभई राष्ट्रिय पहिचान र इतिहासको अभिन्न अङ्ग हो। त्यसैले यसको सुरक्षा र संरक्षण सबैको जिम्मेवारी हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad