समाज


कुलमानले गरे बागमती नदी करिडोरको ढल व्यवस्थापनको स्थलगत निरीक्षण

कुलमानले गरे बागमती नदी करिडोरको ढल व्यवस्थापनको स्थलगत निरीक्षण

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार २१:१२, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकाससमेतका मन्त्री कुलमान घिसिङले काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोरको ढल व्यवस्थापन र सडक स्तरोन्नति अवस्थाको विस्तृत स्थलगत निरीक्षण गरेका छन्।

गुह्यश्वरीदेखि सुन्दरीजलसम्मको नदी किनार, ढल व्यवस्थापन तथा सडक मर्मतको अवस्थाबारे जानकारी लिन मन्त्री घिसिङसँगै सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाललगायत सम्बन्धित निकायका अधिकारी सहभागी थिए।

निरीक्षण क्रममा मन्त्री घिसिङले बागमती करिडोरमा देखिएका ढल व्यवस्थापन तथा सडक मर्मतसम्बन्धी समस्याहरू तत्काल समाधान गर्ने प्रतिबद्धता जनाउँदै तीनवटै निकाय-सडक विभाग, उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिबीच समन्वय अभावका कारण कार्य प्रभावित भइरहेको बताइएका समस्यालाई छिटो समाधान गरिने आश्वासन दिए।

काठमाडौँ उपत्यकाका नदीलाई सफा बनाएमा मात्र सहर सफा हुन्छ। त्यसैले अल्पकालीन र दीर्घकालीन ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौं। प्रशोधन केन्द्रको स्थापना पनि चरणबद्ध रूपमा गर्दैछौं।”

‘नदी करिडोरका सडकलाई कालोपत्रे गर्ने, मर्मतसम्भार गर्ने कार्यलाई उच्च प्राथमिकता दिएका छौं। स्थानीय पालिकासँग समन्वय गरेर काम अघि बढाइरहेका छौं,’ घिसिङले भने, ‘काठमाडौँ उपत्यकाका नदीलाई सफा बनाएमा मात्र सहर सफा हुन्छ। त्यसैले अल्पकालीन र दीर्घकालीन ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौं। प्रशोधन केन्द्रको स्थापना पनि चरणबद्ध रूपमा गर्दैछौं।

उनले उपत्यकाका नदी सफा नगरी सहर सफा नहुने उल्लेख गर्दै ढल व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना अनुसार प्रशोधन केन्द्रहरू क्रमिक रूपमा विस्तार भइरहेको जानकारी दिए। नदी करिडोरका सडकहरूलाई कालोपत्रे तथा मर्मतसम्भारलाई उच्च प्राथमिकता दिएर अघि बढाइने उनले बताए।

सडक किनारमा बेवारिसे अवस्थामा भएका सवारी हटाउन आवश्यक उपकरण उपलब्ध गराइने उल्लेख गर्दै उनले स्थानीय पालिकालाई तत्काल त्यस्ता गाडी हटाउन आग्रह गरे।

मन्त्री घिसिङले गोकर्णेश्वर मन्दिर नजिक बागमती नदीको बायाँ किनारमा करिब १०० मिटर सडक फराकिलो बनाउन सके माकलबारी–गोकर्णेश्वर मार्ग सहज हुने भएकाले नेपाल ट्रस्ट कार्यालयसँग समन्वय गरी सडक विस्तार प्रक्रिया अघि बढाइने पनि जानकारी दिए।

सरकारले बागमती करिडोरको संरचनागत सुधार, ढल व्यवस्थापन र नदी संरक्षणमा द्रुत गति ल्याइने संकेत दिएसँगै स्थानीयवासीले समस्या समाधानमा आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad