हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज (शनिबार) बिहान ८ बजे जनाएअनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।
दिउँसो भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना पनि रहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा आंशिक रूपमा अर्थात् पातलो बादल लाग्नु हो भने मुख्यतया सफा भनेको छिटपुट बादलबाहेक पूरै आकाश सफा रहनु हो।
Shares

प्रतिक्रिया